२३ पुष २०७८, शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना, गोरखा नगरपालिकाको प्रायोजन र अनेसास सदस्य शान्ता बस्नेतको संयोजनमा साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, बीओटीका अध्यक्ष गीता खत्री, नगरपालिकाका उपप्रमुख बिणा श्रेष्ठ, अनेसास केन्द्रका सचिव बिमला निरौला, केन्द्रीय सदस्य डा. रेणुका सोलु, समालोचक लिला लुइँटेलको सहभागिता थियो ।

त्यस्तै कार्यक्रममा नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसी, गीता कार्की, गीता मैनाली, बरिष्ठ पत्रकार जयदेव भट्टराई, कवि एवं सञ्चारकर्मी मणि लोहनी, अनेसास सदस्य हरिबोल ढकाल, सदस्य सुष्मा अंशु, राष्ट्रिय कलाकारद्वय देवु वरा एवं लक्ष्मी तिवारी, सञ्चारकर्मी एलिसा ढुङ्गाना र गोरखाका स्थापित साहित्यकर्मीहरू नारायण प्रसाद पोख्रेल, सुरेन्द्र देवकोटा, विजयभक्त उपाध्याय, प्रदीप रोदन, यदु अधिकारी र उदय भट्टको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठकले सञ्चालन गरेकी थिइन् । यसका साथै कार्यक्रममा कविचा वाचन, शुभकामना मन्तव्य, साहित्यले पर्यटनलाई पार्ने सकारात्मक प्रभाव, पर्यटनले आर्थिक समृद्विमा र्पुयाउने बलियो टेवा र संस्थाका गतिविधिका बारेमा चर्चा परिचर्चा भएको थियो ।

साहित्यको गरिमालाई मनन गर्दै पालिकाको अबको कार्यक्रमभित्र साहित्यलाई सङ्गै जोडेर लानेसमेत नगरपालिका प्रमुख र उपप्रमुख दुवैले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV