२२ पुष २०७८, बिहीबार

काठमाडौं । ‘सिरसिरे हावा’ गीतको मेल भर्सन दर्शकमाझ रिलिज गरिएको छ । केही समय अगाडि मात्रै गायिका रचना रिमालको आवाजमा सार्वजनिक भएको ‘सिरसिरे हावा’ गीतको मेल भर्सनमा सन्तकुमार तामाङको आवाज रहेको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम निवासी सन्तकुमार तामाङको यो पहिलो गीत हो । केडी रेम्नेसिङ कुलुङको शब्द तथा कृष्ण राईको संगीत रहेको ‘सिरसिरे हावा’ गीतलाई विष्णु अधिकारीले एरेञ्ज गरेका हुन् ।

केही समय अगाडि मात्रै रचना रिमालको आवजमा सार्वजनिक गरिएको यस गीतले दर्शक/श्रोताहरुको राम्रो साथ पाइरहेको अवस्थामा मेल भर्सन पनि ल्याइएको संगीतकार कृष्ण राईले जानकारी गराए ।

गायक तामाङको यो पहिलो गीत भएतापनि गीतलाई न्याय गरेको संगीतकार राईको भनाइ छ । यता गायक तामाङले पनि ‘सिरसिरे हावा’ आफ्नो पहिलो गीत भएकाले विशेष हुने बताए ।

ओपल स्टुडियोमा रेकर्ड गरिएको ‘सिरसिरे हावा’ गीतको भिडियोलाई गंगाराम राईले छायाङ्कन गरेका हुन् । गीतलाई संगीतकार राईको अफिसियल युटुव च्यानल ‘कृष्ण राई अफिसियल’मार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV