२१ पुष २०७८, बुधबार

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।

अदालतमा उपस्थित गराइएका उनको बिहीबार बयान लिइने प्रहरीले जनाएको छ । दुबईबाट काठमाडौं आएका उनलाई मंगलबार प्रहरीले त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

सुन तस्करी प्रकरणबारे रहस्य बाहिरिएपछि फरार रहँदै आएका थिए उनी युएईमा बस्दै आएका थिए। उनीमाथि दुबईबाट सुन नेपाल पठाउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV