२१ पुष २०७८, बुधबार
  • महेश्वर के.सी

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै अनसनरत रुबि खानले अनसन तोडेकी छन् । सरकारसँग ४ बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन् ।

मंगलबार गृह मन्त्रालयका तर्फबाट सहसचिवहरू मुकुन्द निरौला, प्रदीप कुमार कोइराला, भीमबहादुर भुसाल तथा प्रशासन विज्ञ सुनील खनाल, उपसचिव दिलकुमार तामाङ, बसन्त भट्टराई तथा आन्दोलनरत पक्षका तर्फबाट डा गोविन्द केसी, मोहना अन्सारी, ओमप्रकाश अधिकारी, विमल अर्याल, बसन्त रञ्जितकार, कौशिला बागवान, गीता चामार, मनकुमारी गुरताल र अनसनरत स्वयम् खानसहितको वार्तामा गृहमन्त्रालयमा ४ बुँदे सहमति भएको हो ।

सहमतीहरु

१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी जाहेरीमा औल्याईएका विषयमा केन्द्रीय अनुसन्धान ब्युराेमार्फत अनुसन्धान गर्ने गरि प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने  ।

२. निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी, बान्दोलनरत व्यक्तिहरुलाई समेत अभियुक्तहरुको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयमा निजहरुको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरुलाई गृह मन्त्रालयले निर्देशन दिने ।

३. छानबिन प्रतिवेदनमा औल्याएका विषयहरु कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुमा पत्राचार गर्ने, यसमा पुर्व भएका पत्राचार, कारबाहीका विषयमा प्रगति वबिवरण प्राप्त गर्ने, कार्यान्वयनका लागी फलोअप गर्ने ।

४. उल्लेखित विषयलाई लिएर आमरण अनसनमा रहेकी रुबि खानले आजैका मितीबाट अनशन तोडने, निजसहितका आन्दोलनरत व्यक्तिहरुले धन्ना सहितका सम्पुर्ण कार्यक्रमहरु स्वगित गर्ने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV