२१ पुष २०७८, बुधबार

एजेन्सी । भारतको झारखण्डमा मोटरसाइकल चोरेको आरोपमा भीडले कुटपिट गर्दा एक मुस्लिम युवकको मृत्यु भएको छ ।

मंगलबार साँझ २४ वर्षीय तबरेज अन्सारीलाई मोटरसाइकल चोरेको आरोपमा पक्राउ गरेर गाउँलेहरूले पोलमा बाँधेर सात घण्टाभन्दा बढी कुटपिट गरेकाे हाे । अन्सारीको शनिबार मृत्यु भएको छ ।

सात घण्टाभन्दा बढी कुटपिट गरेपछि बुधबार बिहान बेहोस भएका अन्सारीलाई प्रहरीको जिम्मा लगाइएको थियो । भीडले उनलाई ‘जय श्री राम’ र ‘जय हनुमान’ भन्दै कुटेका थिए । अहिले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अन्सारीको उपचारको लागि अनुरोध गरेपनि प्रहरीले बेवास्ता गरेको उनको आफन्तको भनाइ छ । झारखण्डको सरायकेला–खरसावन र पूर्वी सिंहभूम जिल्लाको सिमानामा उनलाई कुटपिट गर्ने प्रहरी र भीडलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

स्थानीय अस्पतालमा प्रारम्भिक जाँचपछि प्रहरीले उनलाई जिल्लाको सरायकेला कारागार पठाएको थियो । उनको अवस्था बिग्रिएपछि जिल्ला सदरमुकाम ल्याइएपछि उनलाई मृत घोषणा गरिएको थियो ।

परिवारका सदस्यहरूले उनको मृत्यु भएको विश्वास गर्न अस्वीकार गरेपछि जमशेदपुरको निजी अस्पतालमा रिफर गरिएको थियो । अन्सारीलाई टाटा मेन अस्पताल लगिएको थियो, त्यहाँ पनि उनको मृत्यु भएको पुष्टि भएको थियो ।

तबरेज अन्सारीका एक नातेदारले मंगलबार केही साथीहरूसँग जमशेदपुरबाट सराइकेला–खरसावनको कार्सोभा फर्कदै गरेको बताएका छन् । उनको घरबाट करिब ५ किलोमिटर टाढा रहेको भीडले उनीहरुमाथि आक्रमण गरेको थियो ।

‘त्यहाँ मोटरसाइकल चोरीको घटना धेरै हुँदो रहेछ, त्यसैले गाउँलेहरूले समातेर कुटपिट गरे । उनीसँग दुईजना साथी थिए जो भागेका थिए ।’ उनका आफन्तले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV