२० पुष २०७८, मंगलवार

काठमाडौं । सरकार र नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरुबीच सहमति जुटेको छ ।

आन्दोलनरत पक्षको नेतृत्व गरेकी अधिकारकर्मी रुबी खानले मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको जानकारी गराएकी हुन् ।

त्यस्तै उनले अब केहीबेरमा माइतीघरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी गराएकी छन् ।

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन, घटनाको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मार्फत अनुसन्धान गर्नेसहितको चार बुँदे सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV