२० पुष २०७८, मंगलवार

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नागरिक उन्मुक्ती पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै जातीय भेदभावको पूर्ण अन्त्य, बिभिन्न अन्तराष्ट्रिय सन्धी/सम्झौताको पूर्ण पालना गर्न/गराउर्न झकझकाउने सहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पहिचानसहितको संघीयता निर्माणका लागि पार्टी गठन भएको बताए । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य योगेन्द्र घिसिङले ६ महिनाभित्र रेशम चौधरीलाई जेलबाट छुटाउने दाबी गरे ।

उनले देशलाई परिवर्तनको नेतृत्व गर्ने पार्टीको आवश्यकता रहेको भन्दै त्यो आवस्यकताको पूरा गर्न रेशम चौधरीको सोच र योजनाका साथ नागरिक उन्मुक्ती पार्टी जन्मिएको पनि दाबी गरे ।

साथै, उनले संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने जिम्मेवारी रहेको बताउदै आवश्यकता हेरेर संविधान संशोधनबारे पार्टीले आवाज उठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV