२० पुष २०७८, मंगलवार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । गएराति भएको खेलमा युनाइटेड वुल्भ्ससगँ १-० गोल अन्तरले पराजित भएको हो ।

वुल्भ्सका लागि ८२ औँ मिनेटमा जोआओ माउन्टिहोले गरेको गोल नै निर्णायक बन्यो । वुल्भ्सले सन् १९८० यता पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेको हो ।

यो जितसँगै १९ खेलबाट २८ अंक जोडेको वुल्भ्स आठौँ स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ३१ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV