१९ पुष २०७८, सोमबार

एजेन्सी । स्पेनिस् ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियल गेटाफेसँग १-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली गेटाफेको जितमा पहिलो हाफमा इनेस युनालले गरेको गोल नै निर्णायक गोल बन्यो । उनले खेलको नवौं मिनेटमा गोल गरेका थिए । रियलले बल पोसेसन आफ्नो पक्षमा राख्दै गेटाफेलाई दबाबमा राखेपनि गोल भने सेकन । रियलले ७४ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो ।

रियल पराजित भएपनि शीर्षस्थानमा यथावत रहेको छ । उसले २० खेलबाट ४६ अंक जोडेको छ । गेटाफे १८ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV