१८ पुष २०७८, आईतवार

काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौंबाट सुर्खेतको लागि नियमित हवाई उडान सुरु गरेको छ । गुण एयरलाइन्सले आज (पौष १८/आइतबार) बाट काठमाडौंबाट सुर्खेतको लागि नियमित हवाई उडान सुरु गरेको हो ।

गुणले सुर्खेतको लागि सुरुवातमा दैनिक एक उडान गर्ने भएको छ । दुई वटा अमेरिकी विचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान सुरु गरिसकेको छ ।

यसका साथै गुणले पोखराबाट नेपालगञ्ज भैरहवा र भरतपुरमा समेत दैनिक उडान गरिरहेको छ । यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।

त्यस्तै गुणस्तरीय हवाइ सेवा दिनका लागि सोही अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रतिस्पर्धामा आफूहरु पनि गइरहेको र सोही अनुरुपको उच्चस्तरको सेवा दिदै उडान गरिरहेको उनले बताए ।

उडानको सुरूवातदेखिनै गन्तव्यहरुमा यात्रुहरुबाट राम्रो साथ पाएको र यसबाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV