१८ पुष २०७८, आईतवार

काठमाडौं । पुष ११ देखि जारी नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशन आज (आइतबार) सम्पन्न भएको छ । विभिन्न क्लस्टरतर्फ गरी २३६ केन्द्रीय सदस्य टुंगोमा पुर्याएसँगै महाधिवेशन सम्पन्न भएको छ ।

माओवादीको विधानअनुसार २९९ जना केन्द्रीय सदस्य हुनेछन् भने बाँकी केन्द्रीय सदस्यको नाम पनि चाँडै टुंगो लगाइने बताइएको छ भने भोलि नै अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी चयन गरिने भएको छ ।

आठौं महाधिवेशन समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए । सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV