१७ पुष २०७८, शनिबार

काठमाडौं । भर्सटाइल गायक राजेशपायल राईमाथि हातपात भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो ।

हातपात भएको सार्वजनिक भिडियोमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मार्ने प्रयास गरेका थिए ।

यसरी हातपात हुनासाथ आयोजकले स्टेजबाट उक्त युवकलाई बाहिर निकालेका थिए । हातपात कसले र किन ग¥यो ? भन्नेबारे कुनै खुलासा भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV