१७ पुष २०७८, शनिबार

सुर्खेत । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कर्णालीका सबै नागरिकहरुले कोरोना बिरुद्वको खोप नलगाउनुको कारण पत्ता लगाउन निर्देशन दिनुभएको छ ।

शुक्रबार विरेन्द्र नगर पुग्नुभएका राज्यमन्त्री खापुङले सम्बन्धित सरोकारवालाहरुलाई उक्त निर्देशन दिनु भएको हो।

कर्णाली प्रदेशका १० वटा जिल्लामा अन्य प्रदेश भन्दा कमनागरिकले मात्र कोरोना बिरुद्वको खोप लगाएको भन्ने एक तथ्यांक देखएकले देखाएको छ।

उक्त तथ्यांक सार्वजनिक भएपछि कर्णाली पुग्नुभएका राज्यमन्त्रीले सबै नागरिकहरुले खोप लगाउन पाउने वातावरण बनाउन कर्णालीका समाजिक बिकास मन्त्रालयका सचिव कृष्ण प्रशाद काप्रीलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको निर्देशन अनुसार नै कर्णालीको विरेन्द्रनगर र सुदुरपश्चिमको डढेलधुरामा राज्यमन्त्री खापुङ र स्वास्थ मन्त्रालयका प्रमुख बिषेसज्ञ डाक्टर श्याम सुन्दर यादव सहितको टोलीले निरीक्षण गर्नेछ ।

बिरेन्द्रनगरमा मुख्यमन्त्री, सामाजिक बिकासमन्त्रालयका सचिब सुर्खेत जिल्लाका स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरु बिच कोरोना खोपको अबस्था र भाबियोजनाको बारेमा छलफल भएको टोलीमा सहभागि राज्यमन्त्रीका प्रेससल्लाहकार भगिश्वर लिम्बुले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV