१६ पुष २०७८, शुक्रबार

काठमाडौ । खुमलटारस्थित शारदा अधिकारीको घरमा डेरा लिएर बस्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे चौतर्फी विरोध भएपछि आफू डेरा सर्न तयार रहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको आठौं महाधिवशेन कार्यक्रममा राजनीतिक प्रतिवेदनमाथि २५ समूहबाट आएका प्रश्न तथा सुझावको स्पष्टीकरण दिनेक्रममा उनले खुमलटारको डेरा छाडेर झुपडीमा गएर बस्न पनि तयार रहेको बताए।

अध्यक्ष प्रचण्डले भने, ‘म डेरा सर्न तयार छु। यो विषयमा निकै आलोचना हुने गरेको छ। म झुपडीमा गएर बस्न पनि तयार छु।’

महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले अध्यक्ष प्रचण्डलाई खुमलटारको डेरा छाड्न सुझावसँगै अध्यक्ष बस्ने घर आफूहरुले नै बनाइदिने बताएका थिए।

कार्यकर्ताले यस्तो सुझाव दिएपछि प्रचण्डले भने, ‘म खुमलटार छाडेर गाउँ जाने कि भन्ने पनि सोच्दैछु। निर्णय त गरिसकेको छैन। तपाईंहरू केन्द्रीय सदस्य पनि काठमाडौं बस्ने होइन गाउँ जाने हो, तयार हुनुस् ।’

प्रचण्डका घरबेटी अधिकारी नुवाकोट स्थायी घर भइ शैलुङ कन्स्ट्रक्सनका मालिक पनि हुन् । काठमाडौंका अधिकांश ‘हाइवेय’ सडक निर्माणको जिम्मा लिएका ठेकेदार अधिकारीले कामहरु पूरा गरेका छैनन् ।

‘कामचोर’ ठेकेदार भनेर आलोचित भएका अधिकारीको घरमा डेरा लिएर अध्यक्ष प्रचण्ड बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV