१६ पुष २०७८, शुक्रबार

गुल्मी । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नै जन्म जिल्ला गुल्मीको निर्माणाधीन रेसुंगा विमानस्थलको निरीक्षण गरेकी छन्।

शुक्रबार बिहान गुल्मी पुगेकी उनले विमानस्थलको निरीक्षण गरेकी हुन् । उनी खासमा नेकपा (एकीकृत समाजवादी)को काममा आएकी भएपनि आफ्नै क्षेत्रको विमानस्थल भएको कारण निरीक्षण गरेकी हुन् ।

उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकार बाहिरको भएपनि आफूले यसबारे चासो रहेकाे बताइन् ।

निरीक्षणका पश्चात उनले  गुणस्तरमा ध्यानदिन निर्देशन दिएकी थिइन् । विमानस्थलको मापदण्डको पनि ख्याल गर्न पनि आग्रह गरिन् ।

२०६३ सालमा शिलन्यास भएको रेसुङ्गा विमानस्थल अझै निर्माण सम्पन्न भएको छैन् । हाल विमानस्थलको धावन मार्गको कालोपत्रै र टर्मिनल भवन बनिरहेको छ ।

विमानस्थलको तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलन्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV