१६ पुष २०७८, शुक्रबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार जित निकाले छ । गएराति भएको खेलमा युनाइटेडले बार्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई सानदार जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र स्कट म्याक टोमिनेले समान एक–एक गोल गरे भने एक गोल उपाहार पाएको थियो । बार्नलीको लागि आरोन लेननलले एक गोल गरे ।

खेलको आठौं मिनेटमा टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोको पासमा गोल गरेका थिए । विन मिले आफ्नो पोस्टमा गोल गर्दै युनाइटेडले अग्रता दोब्बर बनयो ।

खेलेको ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई ३-० ले अगाडि बढाए । टोमिनेको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा रोनाल्डोले गोल गरेका थिए ।

३८औं मिनेटमा आरोन लेनननले गोल गर्दै खेललाई पहिलो हाफमा ३-१ को स्थितिमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल युनाइटेडले जित्यो ।

योजितसँगै युनाइटेड पाँचौ स्थानमा उक्लिएको छ । उसले १८ खेलबाट ३१ अंक जोडेको छ । पराजित बर्नलीले ११ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV