१५ पुष २०७८, बिहीबार

काठमाडौं । रोजगारीका लागि साउदी पुगेका कपिलबस्तुका दीपक खराल र रामु प्रसाद खराललाई साउदी पुगेको एक महिनामा नै स्वदेश फर्कनु पर्छ भन्ने कहाँ लागेको थियो र ! तर, परिस्थिति त्यस्तै भइदियो ।

केही समयअघि साउदीको नजरानबाट एकै घरका यी दाजु भाईको गुहार थियो ‘हामी यहाँ मर्न आएका होइनौ, अहिले यहाँ ज्यान बचाउँन नै गाहे भयो ।’ १८ घण्टा नियमित काम गर्नुपर्दा विरामी परिरहेको तर, पनि साहुले यातना दिएर नियमित काममा पेलाइरहेको उनीहरुको गुनासो थियो ।

विदेशमा दुःख भोगिरहेका यी दाजुभाईको एउटै चाहना थियो, ज्यान जोगाएर सकुशल स्वदेश फर्कने । उनीहरुको स्वदेश फर्कने चाहना त पूरा भएको छ । तर, टाउको भरी ऋणको बोझ बोकेर लाखौँ रकम बुझाएर विदेश उडेका उनीहरु अहिले भने म्यानपावरबाट कसरी रकम अशुल उपर गर्ने भन्ने चिन्तामा छन् ।

रोगजारीका लागि साउदीको नजरान पुगेका एकै घरका यी दाजुभाई एक महिना ८ दिनको कष्टप्रद बसाईपछि सकुशल स्वदेश फर्किएका छन् । कार्यक्रम सिधाकुरा जनतासँगको ७ सय ८४ औँ श्रखंलामा उनीहरुले त्यहाँ भोगेका यातना बारेको रिपोर्ट प्रशारण गरेका थियौँ ।

म्यानपावर कम्पनीले विश्वास घात गरेपछि…

चाँदनी म्यानेजमेन्ट सर्भिसको विश्वासमा यी दाजुभाई १७ नोवेम्बरमा साउदी उडेका थिए । भारतीय रेष्टुरेन्टमा कुकमा काम दिने भन्दै उनीहरुलाई म्यानपावर कम्पनीले साउदी पु¥यायो । तर, भारतीय रेष्टुरेन्टमा काम लगाउने भनेपनि अरविक रेष्टुरेन्टमा उनीहरुलाई काम गर्न बाध्य बनाइयो ।

त्यसमाथि म्यानपावरले भने जस्तो सेवा सुविधा पनि नभएको र १० घण्टा काम गर्ने सहमति भएपनि १८ घण्टासम्म काम गर्नुपरेको, त्यसमाथि काम गर्दै जादाँ विरामी परेपनि नियमित काममा लगाएको उनीहरुको गुनासो थियो ।

कार्यक्रममा यो विषय प्रशारण गरेपछि उनीहरुलाई साउदी पु¥याउने चाँदनी म्यानेजमेन्ट सर्भिसका सञ्चालक श्याम कुमाल गुरुङसँग हामीले कुराकानी पनि गरेका थियौं । पीडितलाई उद्धारका लागि गैरजिम्मेवार जवाफ दिदैँ आएका म्यानपावर सञ्चालकको जवाफ हामीसँगको कुराकानीमा भने ‘उद्धार गर्छौं’ भन्ने थियो ।

यसबीचमा पीडितका परिवारले समेत उनीहरुको उद्धारका लागि वैदेशिक रोजगार विभागमा समेत उजुरी गरेका थिए । अन्ततः उनीहरु सकुशल नेपाल फर्किएपछि मंगलबार हाम्रो कार्यालयमा आए, र आफूले त्यहाँ भोगेको दुःख सुनाए ।

इन्डियन रेस्टुरेन्टको कुक हुन विदेश गएपनि उनीहरुले न भनेजस्तो काम पाए न त सेवा सुविधा नै । यतिमात्र होइने एक छाक मात्र खाना दिएर कम्पनीको मालिकले अनावश्यक यातना दिएका उनीहरुको गुनासो छ ।

पैसा फिर्ता गर्नुपर्ने माग

पीडित दाजुभाईले म्यानपावर कम्पनीले आफूहरुबाट कुल २ लाख ५० हजार जति असुलउपर गरेको बताएका छन् । तर, साउदी पुगेको एक महिना आठ दिनमा नै नेपाल फर्कनु परेपछि अब आफूहरुलाई ठग्ने म्यानपावर कम्पनी चाँदनी म्यानेजमेन्ट सर्भिसले सबै रकम फिर्ता गर्नु पर्ने माग गरेका छन् ।

म्यानपावरले पीडितहरुले बुझाएको रकम फिर्ता गर्नु त कहाँ हो कहाँ उल्टै पीडितका परिवारलाई नेपाल झिकाएबापतको रकम दिनुप¥यो भन्दै तनाव दिइरहेको छ । पीडित खराल दाजुभाईका ७५ वर्षीय हजुरबुबालाई म्यानपावरका एजेन्टले रकम दिनका लागि भन्दै फोन गर्ने गरेको पीडितहरु बताउँछन् ।

रोगगारीका लागि विदेशिने यूवाहरुलाई खराल दाजुभाईको सन्देश

जसो तसो स्वदेश फर्किएका उनीहरु अब नेपालमा नै केही काम गर्ने अठोटमा छन् । साउदीमा यो एक महिना ८ दिनको कष्टप्रद बसाईपछि विदेश सोचे जस्तो छैन भन्ने भोगेका उनीहरुले नेपालमै दुःख गर्ने बताउँछन् ।

तर, विदेशिने सोचमा रहेका यूवाहरुलाई उनीहरुले बुझेर मात्र विदेश जान सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV