१५ पुष २०७८, बिहीबार
  • दान बहादुर बुढा,

मुगु । मुगुका आगलागी पीडितलाई स्पेनमा बसोबास गर्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । स्पेनको आलबिरमा ‘रारा’ नामक होटल ब्यवसाय सञ्चालन गदै आएका छाँयानाथ रारा नगरपालिका–१३ का समाजसेवी अक्कल बोहोराको अगुवाईमा आगलागी पीडितलाई ४ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

सदरमुकाम गमगढीको तल्लो बजारका १८ घरधुरीलाई आर्थिक सहयोग गरिएको हो । आगलागीबाट पूर्णरुपले क्षति भएका १८ घरलाई प्रतिघर रु.२० हजारका दरले सहयोग गरिएको समाजसेवी अक्कल बोहोराले बताए ।

त्यस्तै २४ जना अग्नी पीडित ब्यवसायीलाई प्रतिघर रु. ३ हजार, ३३ जना भाडामा बस्ने र अन्य ५ जनालाई रु.१ हजारका दरले आर्थिक सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरीक्षक शुवास हमालको उपस्थितिमा उक्त आर्थिक सहयोग गरिएको हो ।

अग्नी पीडित छायानाथ रारा नगरपालिका–१ की सगुन्तला शाहीले सबै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् । गत कात्तिक २९ गते गमगढीको तल्लो बजारमा भीषण आगलागी हुँदा कयौं घरहरु जलेर नष्ट भएका थिए, भने सयौं घरपरिवार विस्थापित हुन पुगेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV