१५ पुष २०७८, बिहीबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्रेन्टफर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउनको लागि फिल फोडेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । ८७औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

यो जितसँगै सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई ८ अंकले पछि पारेको छ । सिटीको २० खेलबाट ५० अंक पुगेको छ । समान खेलबाटै चेल्सीको ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । पराजित ब्रेन्टफर्ड २० अंक जोडेर १४औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV