१४ पुष २०७८, बुधबार

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि.ले धर्म विध्याश्रम आधारभुत विद्यालयमा स्कूल ड्रेस (पोसाक) वितरण गरेको छ । गुहेश्वरी मर्चेन्टले बुधबार धर्म विध्याश्रम अध्ययनरत ९० जना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।

पोसाक वितरण कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । गुहेश्वरी मर्चेन्टले पोसाक वितरण कार्यक्रमलाई सहयोग गरेको भन्दै रोटरियन सजल मास्केलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV