१४ पुष २०७८, बुधबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु राखेको ६ बुँदे शर्तहरु मानेको भए अहिले पनि राजसंस्था कायम हुने बताएका छन् ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाम मात्रैको भएपनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मारिनुपर्ने परिस्थिति पनि नआउने बताएका हुन् ।

उनले राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको स्मरण गरे । लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे ।

२०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसँग विलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे ।

उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे । कार्यक्रममा सहभागीहरुले स्वर्गीय राजा विरेन्द्रको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV