१४ पुष २०७८, बुधबार

एजेन्सी । जोर्डनको संसद्मा सांसदहरुबीच कुटाकुट भएको छ । सांसदहरुबीच विवाद भएपछि हात हालाहाल सम्मको स्थिती सृजना भएको हो ।

विशेषत सत्ता पक्ष र विपक्षका सांसदहरुबीचको विवादका कारण कुटाकुट भएको समाचार एजेन्सीहरुले बताएका छन् । संसदमा सभामुखले उपसभामुखलाई सदन छोड्न भनेर उर्दी गरेपछि विवाद सृजना भएको थियो ।

उक्त हानाहान भएको डिडियोसमेत सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा सांसदहरुबीच मुक्का हानाहान भइरहेको छ । उपसभमुख त मुक्का हानाहानमा भुइँमै ढलेको दृष्या कैद भएको छ ।

सुरुमा संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएको बताइएको छ । उक्त मन्तव्यपछि सांसदहरु तिरविर भएका थिए ।

ती सांसदलाई आफ्नो भनाइ फिर्ता लिन र क्षमा माग्नसमेत आग्रह गरिएको थियो । उनी सत्ता पक्षको सांसद भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV