१३ पुष २०७८, मंगलवार
  • विजय साह,

धनुषा । इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरले नेपाल र इजरायलबीच सुदृढ द्विपक्षीय सम्बन्धको एउटा उदाहरण भएको बताएका छन् । मङ्गबार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–इजरायलबीचको सम्बन्ध आपसी हित र सहकार्यका विषयमा कन्द्रित रहेको बताए ।

अभिमुखिकरण कार्यक्रममा इजरायली राजदूत हननले जानकी मेडिलक कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीबीच कृषि, स्वास्थय, प्रविधि र सङ्काय सम्बन्धी ज्ञान आदानप्रदान गर्ने वातावारण मिलाएको बताए । उनले दुई देशका विद्यार्थी नेपालका विद्यार्थीलाई इजरायल लैजान र इजरायलका विद्यार्थीलाई यहाँ ल्याउन वातावरण मिलाएको बताए ।

कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आवश्यक विषयहरूमा ल्याउन सकिने नयाँ प्रयोगको बारेमा चर्चा गरे । त्यसअवसरमा उनले जानकी मेडिकल कलेजका निर्देशक डाक्टर रामप्रसाद उप्रेतीले लेख्नुभएको प्राथमिक उपचार सम्बन्धी किताबको बिमोचन पनि गरे ।

कार्यक्रम पश्चात राजदूत हननले कलेज हाताभित्र निर्माणधीन अवस्थामा रहेको अस्पताल भवनको अनावरण गरे । भनवको अनावरण गरे राजदूत हननले आफूलाई गरेको सम्मानप्रति कलेज व्यवस्थापन पक्षलाई आभार प्रकट गरे ।

कलेजका सञ्चालक, प्रधानाध्यापक, प्रध्यापक तथा विद्यार्थीको खुलेर प्रशंसा गर्दै उनले अगामी दिनमा कलेज तथा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
भवन अनावरण पश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राजदून हननले ‘यो मन त मेरो नेपाली हो’ भन्दै नेपाल र नेपालीको प्रशंसा गरे ।

ठूलो सम्भावना भएको देश नेपाल आफूलाई निकै परेको उनको भनाइ थियो । राजदूत हननले नेपाल सरकारले शिक्षा, स्वास्थ्य, कृषिजस्ता विषयलाई प्राथमिकतामा राखेर विकास निर्माणका काममा अधि बढनुपर्नेमा जोड दिए ।

निर्माणधीन भवन राजदूत हननको नाममा सम्पर्ण गरिएको कलेजका निर्देशक डाक्टर रामप्रसाद उप्रेतीले जानकारी दिए । उनले कलेज तथा शिक्षण अस्पतालमा इजरायलबाट स्वास्थ्य प्रविधि तथा उपकरण ल्याएर मेडिकल क्षेत्रमा छुट्टै पहिचान बनाउने बताए ।

कार्यक्रममा जानकी मेडिकल कलेजका निर्देशक रामप्रसाद उप्रेतिले कलेजस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आएका यस कलेजले आउँदा दिनमा दक्ष डाक्टर उत्पादन गर्ने र नेपालकै सुविधा सम्पन्न अस्पताल बनाउने बताए । उनले स्वास्थ्य क्षेत्रका चुनौती समाप्त गर्ने उद्देश्यका साथ शिक्षा प्रदान गर्दैआएको दाबी गरे ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलगायत कलेजका विद्यार्थीहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV