१३ पुष २०७८, मंगलवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र आफ्नो पार्टीबीच के फरकपन छ भन्नेमा स्पष्ट पारेका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित नेकपा (एस) र नेकपा समाजवादी पार्टी एकतालाई सम्बोधन गर्ने क्रममा नयाँ पार्टी एमालेजस्तै त होइन भन्ने विषयमा स्पष्ट पार्दै तीन कुराहरु अघि सारे ।

‘कतै यो नेकपा एस पनि केपी ओली प्रवृत्तिको सिकार हुने त होइन ? उस्तै उस्तै त होइन ?के कुरामा भिन्न होला ? मूल कुरा हो इमान्दारिता, निष्ठा र समर्पण । यी तीन कुरा भयो भने जनताको मन जित्न सकिन्छ । तर, मान्छेको इमान्दारिता हराउँदोरहेछ, निष्ठा हराउँदोरहेछ, समर्पित हराउँदोरहेछ । उ व्यक्तिवादको सिकार हुन्छ ‘म’,’ उनले भने, ‘‘म’ बाट के आउँछ ‘बा’ भएर आउँछ । त्यो ‘म’ नै ‘बा’ हो । हामी त्यस्ता प्रवृत्तिको विरोधी हौँ । यसकारण इमान्दार, निष्ठा र समर्पण लिएर हिँड्ने हो भने, सही विचार लिएर आउने हो भने, जनचाहना बुझ्ने हो भने सही ढंगले अघि बढ्न सकिन्छ । राम्रो संस्कार हुनुपर्छ, जनताको पीडालाई आफ्नो पीडा भन्नुपर्छ ।’

एमालेबाट बाहिरिएर नयाँ पार्टी स्थापना भएपछि त्यसको प्रभाव देशव्यापी रहेको पनि अध्यक्ष नेपालले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गरेपछि आफूहरुले त्यो प्रवृत्ति नसहेको पनि उनले बताए ।

‘२०३५ सालमा माले, २०४७ सालमा एमाले । त्यहीँ एमाले पार्टी केपी ओलीले कब्जा गरेपछि विद्रोही भावनालाई अघि बढाएर नेकपा एसको स्थापना गर्यौँ । आज यो पार्टी देशब्यापी रुपमा अघि बढेको छ । सुदूरपश्चिमको प्रदेश सभामा हाम्रो पार्टी ठूलो छ, २ नम्बर पनि ठूलो छ, १ नम्बर बागमती प्रदेशमा हाम्रै मुख्यमन्त्री रहेका छन् । बाँकी प्रदेशमा पनि हाम्रो उपस्थिति छ । ’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV