१३ पुष २०७८, मंगलवार

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमाझ दुवै पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घाेषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् ।

एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डीएस महता) ले पार्टी एकतापश्चात् सबैले इमान्दारपूर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

‘हामी जनताका जीवनसँग जोडिएका कुराहरु उठाउँछौँ । त्यसको सम्बोधन गर्छाैँ । हामी त्यसैमा प्रतिबद्धता छौँ भन्ने भएपछि पनि पार्टी एकता भएको हो,’ महताले भने, ‘त्यसो भएको हुनाले सबै साथीहरुलाई आ-आफ्नो क्षेत्रमा पार्टीले जुन जिम्मेवारी दिन्छ सहर्ष स्वीकार गरेर नयाँ चिज दिनुपर्छ । यसमा इमान्दारपूर्वक, निष्ठापूर्वक सबैलाई लागौँ भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV