१३ पुष २०७८, मंगलवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आठौँ महाधिवेशनको बन्दसत्र चलिरहँदा सोही भवनमा स्थायी समिति बैठक सुरु भएको हो ।

आज बिहान ११ बजेका लागि बाेलाइएकाे भए पनि केही ढिलागरी सुरु भएको बैठकमा पार्टीको पदाधिकारी संख्या र त्यसमा विभिन्न समूह (क्लस्टर)को सहभागिता व्यवस्थापन गर्ने, महाधिवेशनमा प्रस्तुत पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदन तथा संशोधित विधान लगायत बन्दसत्रमा उठेका विषयमा कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज प्रतिनिधिहरुको २५ समूहमा छलफल हुँदैछ । छलफलपश्चात उनीहरुले सुझाव दिनेछन् भने आवश्यक सुझाव समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV