१२ पुष २०७८, सोमबार

रौतहट। नेपाली काँग्रेस प्रदेश -२ मा सबैभन्दा कान्छा उम्मेदवारका रुपमा रहेका नितेशकुमार गुप्ता विजयी भएका छन् ।

उनी प्रदेश – २ कै काँग्रेसको अधिवेशनबाट सदस्यमा निर्वाचित भएका हुन् । प्रदेश २ काँग्रेसको अधिवेशन पुस ८ गते सम्पन्न भएको थियो ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी उदय शंकर राउत लाई ४०० भन्दा बढी मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।

नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका नेता गुप्ता फरक क्षमताको भएपनि उनको राजनीतिमा निकै ठूलो चर्चा परिचर्चा चल्दै आएको छ । उनी रौतहट जिल्ला निवासी हुन् । उनी हाल ३२ वर्ष मात्रै पुग्दैछन् ।

उनी प्रदेश महाधिवेशनमा रौतहट जिल्ला कै कृष्ण प्रसाद यादव प्रदेश सभापतिमा यस अघि नै विजयी घोषित भइसकेका छन् । नेता गुप्ता सभापति देउवा समुहबाट कृष्ण यादवको प्यानलमा सबैभन्दा कम उमेरका उम्मेदवार रहेका थिए ।

कांग्रेस प्रदेश अधिवेशनको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै विजयी भएको छ । प्रदेश सदस्य पदमा नवनिर्वाचित गुप्ता आरक्षण कोटा अन्तर्गत अपाङ्ग अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।

अधिवेशनमा नेता गुप्ता सँग प्रतिस्पर्धामा रहेका तीनजना अल्पसंख्यक उम्मेदवारलाई पछि पार्दै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV