११ पुष २०७८, आईतवार

काठमाडौं । नेपालको मौलिकतालाई जोगाउन विगत लामो समयदेखि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्दै आएको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा–२०२२’ गर्ने भएको छ ।

यही माघ १ अर्थात् जनवरी १५ तारिखका दिन पोखरामा हुन लागेको फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाउने भएका छन् । उक्त फेशननिस्टामा नायिका निता ढुंगाना, मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ, सन्तोष अधिकारी, दिपक घिमिरे, दिक्पाल कार्की आकर्षक डिजाइनका साथ र्‍याम्पमा प्रस्तुत हुनेछन् ।

विभिन्न समुदायका पहिरनलाई कलाका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ एएसएपीले हरेक वर्ष फेशन ‘द हेरिटेज’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको छ ।

यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्ट माघ १ मा पोखरामा गरिने कार्यक्रम निकै भब्य र सभ्य रुपमा सम्पन्न गर्न लागिपरिरहेको छ ।

सुपी रसाइली, तेजमाया पुन, सम्झना गुरुङको ड्रेस डिजाइन रहने ‘नेपाल फेशननिस्टा–२०२२’को अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहने छन् । कार्यक्रमलाई भीजे प्रियारानी लामाले सञ्चालन गर्ने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV