११ पुष २०७८, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित र क्रान्तिकारी पार्टी निर्माणका लागि महाविधेशन भएको बताएका छन् । आइतबारबाट सुरु भएको ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

नेता श्रेष्ठले भनेका छन्, ‘रुपान्तरित क्रान्तिकारी पार्टी, पर्नुगठित पार्टी निर्माणको प्ररारम्भ गर्न महाधिवेशन गर्न गइरहेका छौं ।’

त्यस्तै उनले पार्टीको महाधिवेशन औपचारिकता पूरा गर्ने कर्मकाण्ड मात्र नभएको बताउँदै भनेका छन्, ‘हाम्रो पार्टीले राजनीतिक दलसम्बन्धी ऐनको धारा पूरा गर्न र सांगठनिक कर्मकाण्ड पूरा गर्न यो महाधिवेशन गर्न गइरहेका छैनौं ।’

यसका साथै उनले महाधिवेशनबाट २१ औं शताब्दीको समाजवाद कस्तो हुन्छ ? भनेर व्याख्या समेत गर्ने बताउँदै भने, ‘हामीले समाजवाद उन्मुख भने प्रष्ट पार्नु छ । २१ औं शताब्दीको नेपाली समाजवाद कस्तो हुन्छ भनेर हामी महाधिवेशनमा छलफल गर्न गइरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV