११ पुष २०७८, आईतवार

नयाँदिल्ली । पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएको थियो ।

उद्धार प्रयासहरू भइरहेका छन् र भग्नावशेषमा हराइरहेकाको खोजी तिँर बनाइएको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन् । विष्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको छ र अनुसन्धान भइरहेको छ ।

विष्फोट यति भीषण थियो कि यस क्षेत्रको छेउछाउका कारखानाका टेरेसमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । विष्फोटले इलाकामा आतङ्क मच्चाएको र स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्केका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV