११ पुष २०७८, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रको महाधिवशेनमा २०५९ सालदेखि किन भएन भन्ने प्रश्न उब्जिरहँदा ठ्याक्कै महाधिवशेन भएको आश्चर्य व्यक्त गरे ।

आइतबारदेखि सुरु भएको माओवादीको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा आफूलाई माओवादीको महाधिवेशन किन भएन भन्ने लागिरहेकै बेला महाधिवेशन हुँदा आफ्नो मन र भावनासँग मेला खाएको अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘प्रत्येक पाँच पाँच वर्ष महाधिवेशन हुनुपर्नेमा २०५९ सालदेखि किन भएन भन्ने प्रश्न उब्जिएको बेला माओवादी केन्द्रले ठ्याक्कै महाधिवेशन भएकोमा मन र भावनासँग मिल्न पुगेको छ ।’ अध्यक्ष प्रचण्डतिर हेर्दै उनले यसो भनिरहँदा हलमा हाँसो चलेको थियो ।

विधिमा बाँडिए देश विकास हुने पनि उनले बताएका छन् । तर, नेताहरु नियम, विधि र विधान बाँधिन नचाहँदा समस्या सिर्जना हुने पनि उनले औँल्याए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV