११ पुष २०७८, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सम्मेलन महाधिवेशनमा रुपान्तरण भएपछि अन्य दलहरुलाई पनि निम्तो दिइएको छ ।

शनिबारको माओवादी केन्द्रीय कमिटीको बैठकले सम्मेलनालाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई आइतबार बसेको केन्द्रीय कमिटी बैठकले पास गरेको छ ।

पार्टीले आठौँ महाधिवेशनमा रुपान्तरण गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेसँगै अन्य ११ दलहरुलाई पनि पाहुनाको रुपमा बोलाईएको हो । आइतबार आजै महाधिवेशनको उद्घाटन हुँदैछ ।

जसका लागि माओवादी केन्द्रले एमालेलाई पनि निम्तो दिएको छ । अध्यक्ष ‘प्रचण्ड’ले महाधिवेशनमा सहभागी हुन भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान फोन गरेका थिए । तर ओलीले आफू झापामा रहेकोले सहभागी हुन नभ्याउने जवाफ दिएको बताइएको छ ।

यसअघि एमालेको १०औँ महाधिवेशनमा पनि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सहभागी भएका थिएनन् । उनी काभ्रेमा आयोजित एक कार्यक्रममा जाने भएपछि उपस्थित हुने पाएका थिएनन् । उनले माओवादी स्थायी कमिटी सदस्य लिलामणी पोखरेललाई प्रतिनिधिका रुपमा पठाएका थिए ।

आइतबार दिउसो ३ बजे हुने माओवादीको महाधिवेशनमा पनि ओलीले प्रतिनिधिका रुपमा महासचिव शंकर पोखरेललाई पठाउने जवाफ दिएको माओवादी केन्द्रले जनाएको छ ।

अन्यदलहरु नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा लगायतलाई पनि महाधिवेशन उद्घाटनमा अतितिका रुपमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV