१० पुष २०७८, शनिबार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा हिमालयनले च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । हिमालयनको जितमा मुटम्बा पिस्टनले दुई गोल गरे । सुरेश कुमालको नाममा एक गोल रह्यो ।

च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए ।

७५ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई २–१ को स्थितिमा ल्याए । तर, खेलको ८० औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३–१ को जित दिलाए ।

यो जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । च्यासलले ६ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV