९ पुष २०७८, शुक्रबार

काठमाडौं । यो वर्ष पनि गुरुङ जातिको मुख्य चाड तमू ल्होछार विभिन्न कार्यक्रमको अयोजना गरी मनाइने भएको छ । तमू ल्होछार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ल्होछार कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको हो ।

मुल आयोजक समितिका महासचिव लोक बहादुर तमुले पुस १३, १४ र १५ गते तीन दिन काठमाडौंको टुडिखेलमा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । पुस १४ गते नृत्य प्रतियोगिता हुने र १५ गते राजधानीमा रहेका तमू अर्थात् गुरुङहरु टुँडिखेलमा भेला भएर ल्होछार मनाइने आयोजकले जनाएका छन् ।

गुरुङ जातिले ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने चलन रहेको उनले बताए । समितिले समूदायको विशेष चाडमा विदा नदिएको भन्दै ल्होछारलाई आन्दोलनको रुपमा नै बनाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV