९ पुष २०७८, शुक्रबार
  • प्रस्तुति : रविन ठकुरी/क्यामेरा : अशोक मानान्धर,

अमेरिकामा लामो समय विताएका एक युवकले नेपालमा आएर सानो पूँजीले सञ्चालन गरेको व्यवसायले अनुमान भन्दा धेरै आम्दानी गर्न सफल भएको छ । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचसहित करिब १० वर्ष अगाडि व्यवसाय सुरु गरेका हुन् । केवल ५० हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायले १० हजार भन्दा धेरै नागरिकलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक अर्बौ रुपैयाँको कारोबार गरिरहेको छ ।

उमेरले ३४ वर्ष मात्र पुगेका ति युवा व्यवसायी हुन्, अमुन थापा । युवा व्यवसायी अमुन थापाले सञ्चालन गरेको ई–कमर्स व्यवसाय सस्तो डिल डट कम हो । प्रारम्भिक चरणमा काठमाडौं केन्द्रित रहेको व्यवसायको पहुँच हाल नेपालभर रहेको छ ।

व्यवसाय सञ्चालनको प्रेरणा

ई–कमर्स व्यवसाय सस्तो डिल डट कमका संस्थापक प्रमुख कार्यकारी अधिकृत अमुन थापा अध्ययनका क्रममा लामो सयम अमेरिकामा बसेका थिए । अमेरिकाको जीवनशैली त्यागेर नेपालमा केही गर्नुपर्छ भनेर नेपाल फर्किएका थिए । नेपाल आएपछि के गर्ने भन्नेमा अन्यौलता नै थियो ।

यसैक्रममा एक दिन दैनिक किनमेल गर्न जाँदा अमुनलाई ७ घण्टाको अवधि लागेको थियो । एउटा सामग्री खरिद गर्दा लागेको समयले अमुनलाई यही समस्यामा व्यवसाय गर्न प्ररित ग¥यो । अमेरिकामा अत्याधिक प्रचलनमा रहेको ई–कमर्स प्लेटफर्ममार्फत् यो समसस्या हल हुने उनको मनमा विचार आयो ।

तर, नेपालमा ठूलो व्यवसाय सञ्चालन गर्नका लागि उनीसँग ठूलो पूँजीको अभाव थियो । ठूलो मात्रामा पुँजी जुटाउन असक्षम भएपछि आफूसँग भएको ५ सय डलरअर्थात् ५० हजार रुपैयाँले अमुन थापाले व्यवसाय सुरु गर्ने अठोट गरे ।

पूँजी सानो भएपनि अठोट दह्रो भएकाले काठमाडौंको गैरीधारामा कोठा भाडामा लिएर व्यवसाय सुरु गर्न थाले । सञ्चालनको लागि लिइएको कोठाको भाडा भने मासिक २ हजार रुपैयाँ थियो । कार्यालयको लागि चाहिने सामाग्री भने नजिकैको खेल मैदानबाट उठाएर ल्याए र व्यवसाय सञ्चालन गरे ।

व्यवसाय सञ्चालनमा चुनौती

युवा व्यवसायी अमुन थापाले सञ्चालन गर्न लागेको ई–कमर्स व्यवसाय नेपालको लागि नयाँ एवं सफल हु्नेमा अन्यौल नै थियो । सन् २०११ सालमा व्यवसाय थालनी गर्दा अधिकांश नेपाली इन्टरनेटको पहुँचभन्दा बाहिर थिए भने वेवसाइट चलाउन पनि जान्दैन थिए । जसले गर्दा ईकमर्स प्लेटफर्ममा अवसर कम जोखिम धेरै थियो ।

नेपालको लागि यो उद्योग पहिलो परीक्षण थियो । व्यवसाय थालनी गर्दा अमुनको उमेर पनि २४ वर्ष मात्र थियो । सानो उमेरमा नव उद्योग सञ्चालन गर्दा मानिसहरुले मूर्ख समेत भन्ने गरेका थिए । तर अरुको मतलव नगरि अमुनले दैनिक १५ घण्टा काम गरेर व्यवसायमा लागे ।

औपचारिक रुपमा सन् २०११ को १५ डिसेम्बरमा व्यवसाय सञ्चालन गरे । सुरुवाती दिनमा बजारमा दैनिक ३ घण्टा विताउने गर्दथे । वेवसाइटमा उत्पादनको जानकारी राख्नका लागि आफै तस्विर लिने काम गर्थे भने अर्डर पनि स्वयं लिने गर्दथे । मानिसहरुलाई यो व्यवसायको बारेमा जानकारी नभएका कारण बुझाउन पनि गाह्रो भएको अमुनले बताए ।

व्यवसायले दिएको सन्तुष्टि

औपचारिक रुपमा सस्तो डिल डट कमले बजारमा व्यवसाय थालनी गरेपछि दुरदराजका मानिसले पनि सुपथ मूल्यमा सामान खरिद विक्री गर्न पाए । भुगोलले बाधा हालेको स्थानमा समेत सस्तो डिल पुग्न थाल्यो । सस्तो डिलको सेवाबाट दुर्गम स्थानका मानिसले समेत सुगम स्थानका सामग्री सुपथ मूल्यमा उपभोग गर्ने मौका पाए ।

नेपालमा चलेको मोलमोलाईबाट सामान खरिदको परम्परालाई पनि सस्तो डिलले चिर्दै आयो । सस्तो डिल प्लेटफर्ममा राखिएको सामग्रीको मूल्य पहिले नै तय हुने भएकाले उपभोक्तालाई खरिद गर्दा धेरै समय खर्चिनुपर्ने परम्पराको पनि अन्त्य हुन थाल्यो ।

जसलेगर्दा उपभोक्ताले छोटो समयमा सुपथ मूल्यमा अत्यावश्यक सामग्री खरिद गर्न सक्षम भए । उपभोक्ताले पाएको सुविधाले व्यवसाय प्रति सन्तुष्ट बनाएको अमुनले जिकिर गरे ।

सस्तो डिलको उचाई

यो अवधिसम्म सस्तो डिलको प्रयोगकर्ता ७० लाख पुगेको छ । प्र्रयोगकर्ताबाट वार्षिक अर्बौको कारोबार हुने गरेको संस्थापक कार्यकारी अधिकृत अमुन थापा बताउँछन् । प्रत्येक समूहगत क्षेत्रमा करोडौंको कारोबार हुने गरेको छ ।

प्र्रत्यक्ष रुपमा २५ सय विक्रेता यो प्लेटफर्ममा जोडिसकेका छन् । सस्तो डिलले १ सय ५० जनालाई प्र्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने १० हजार जना अप्र्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

कुल ग्र्राहथ्य उत्पादनमा १० प्र्रतिशत योगदान पु¥याउने साना तथा मझौला उद्य्रोगको उत्पादनलाई सम्बन्धित उपभोक्तासम्म पु¥याउन समेत मद्दत गरिरहेको छ । सन् २०२० देखि भारतको फिलिपकार्टसँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV