९ पुष २०७८, शुक्रबार

सोलुखुम्बु । लोखिम सरोकार समाजले जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ स्थित जनता माध्यमिक विद्यालय–लोखिममा स्कूल ब्याग (झोला) वितरण गरेको छ । विहीबार वडाध्यक्ष भूपालसिंह राई, विव्यास अध्यक्ष उत्तर कुवीर राई, प्रधानाध्यापक हस्त बहादुर राई, शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उपस्थितिमा समाजले जनता मावि–लोखिममा अध्ययनरत प्राविसम्मका दुई सय जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

झोला वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष राईले ‘लोखिम सरोकार समाज’ सबै लोखिमबासीको विशुद्ध सामाजिक संस्था भएको प्रष्ट पारे । त्यस्तै उनले यस समाजले स्थापनाकाल देखिनै प्रसंसनीय कार्यहरु गर्दै आएको बताउँदै धन्यवाद ज्ञापन गरे ।

त्यस्तै विब्यास अध्यक्ष उत्तरकुवीर राईले पनि यस समाजले स्थापनाकालदेखि नै निःस्वार्थ भावले सामाजिक कार्य गर्दै आइरहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे । यस्तै प्रधानाध्यापक हस्त बहादुर राईले लोखिम सरोकार समाजले निःस्वार्थ ढंगले झोला वितरण गरेर प्रसंसनीय काम गरेको बताए ।

प्रधानाध्यापक राईले आगामी दिनमा पनि जनता माविलाई समाजको निरन्तर सहयोग रहने अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरे । नयाँ स्कूल ब्याग पाएपछि विद्यार्थीहरु हर्षित देखिए ।

झोला वितरण कार्यक्रममा समाजका तर्फबाट अध्यक्ष गेल्जेन शेर्पा, निवर्तमान अध्यक्ष भलकाजी राई, कोषाध्यक्ष चर्ण कुमारी राई, उपाध्यक्ष भक्त वि.क., सदस्यहरु लोकेन राई, निर्मला राईलगायतको उपस्थिति रहेको थियो ।

समाजको झोला वितरण कार्यक्रमलाई सफल पार्नका लागि सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम घर भई हाल अमेरिकामा बस्दै आएका बरिष्ठ समाजसेवी ल्हाक्पा शेर्पाको परिवारले रु. ७० हजार ४७९ रुपैयाँ (७०,४७९) आर्थिक सहयोग गरेका थिए ।

त्यस्तै सोलुखुम्बु घर भई मेरिकामा बस्दै आएका समाजसेवी ओङ्छु शेर्पाले पनि पन्ध्र हजार (१५,०००) रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV