९ पुष २०७८, शुक्रबार

काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्को पुष ८ गतेका बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषदले औधोगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विद्यालय व्यवस्थापन समिति बिधेयक पेश गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । त्यस्तै हुलाक बस्तुको महशुल दररेट पुनरावलोकन गर्ने र बैदेशिक द्रूत डाँकसेवा (इएमएस) दस्तुर पुनरावलोकन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले ‘क्रिसमस–डे’को अवसरमा पुष १० गते सार्वजनिक विदा दिने, संगठन तथा व्यवस्थापन सर्भेक्षणका लागि पूर्व स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV