८ पुष २०७८, बिहीबार

काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा.लि. (बज्र ग्रुप)ले ललितपुरस्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामग्रीहरु बिक्री वितरण गर्ने उद्देश्यले “सोमानी ग्रान्ड़े” शोरुमको शुभारम्भ गरेको छ ।

सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले एक कार्यक्रमका बीच उक्त शोरुमको उद्घाटन गरेका हुन् । सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ ।

उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा.लि. (बज्र ग्रुप) मार्फत् आफ्नो पद चिह्न विस्तार गर्न थालेको हो ।

विगत ३० वर्षदेखि आफ्नो ग्राहकहरुलाई सुपथ मूल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा.लि. (बज्र ग्रुप)ले “सोमानी ग्रान्ड़े” शोरुम उद्घाटनको अवसरमा विभिन्न गिफ्ट भौचर पनि राखेको छ ।

स्थापनाकालदेखि थुप्रै परियोजनाहरुमा नियमित रुपमा सामग्रीहरुको बिक्री वितरण गर्र्दै आएको यस कम्पनीले ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV