८ पुष २०७८, बिहीबार

एजेन्सी । चीनको शीयान सहरमा १४३ जनामा कोभिड पुष्टि भएपछि लकडाउन गरिएको छ । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनमा पर्ने शीयान सहरमा लकडाउन गरिएको हो ।

त्यस शहरका करिब १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिइएको छ । डिसेम्बर ९ यता त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन लगाएको हो ।

बिबिसीका अनुसार बुधवार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन् । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV