८ पुष २०७८, बिहीबार

काठमाडौं । युवा सङ्गीतकार प्रमोद पन्तको शब्द सङ्गीतमा रहेको ‘छ्मछमछम नाचिदेऊ’ बोलको गीत सार्वजनिक भएको छ ।

शिक्षा अधिकृतको रुपमा कार्यरत मोरङ निवासी द्रोण दाहालको पहिलो गायन प्रस्तुति रहेको सो गीतमा गायिका शारदा रसाइलीले साथ दिएकी छिन् ।

नारायण दङ्गालको एरेन्ज र प्रेमदिपको मिक्सिङ रहेको गीतको कभर म्युजिक भिडियो मिलन फिल्मसले तयार गरेको हो ।

उक्त भिडियोको छायांकन सन्तोष तिमल्सिना र इडिट रोशन धितालको गरेका छन् । गीत रोमान्टिक रहेकोले दर्शक स्रोताको रोजाइमा पर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV