८ पुष २०७८, बिहीबार

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएजी) बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पीएसजीले लोरिएन्तसँग बराबरी खेल्दै अंक बाडेको हो ।

पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको पीएसजीलाई माउरो इकार्डीले खेलको अन्तिम समयमा गोल गर्दै हारबाट जोगाए । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । लोरिएन्तको लागि थोमस मोन्कोन्डूइटले गोल गरेका थिए ।

४० औँ मिनेटमा घरेलु टोली लोरिएन्तले अग्रता लिएको थियो । ८६ औँ मिनेटमा रामोस दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो ।इन्जुरी समयको मिनेटमा आइकार्डीले बराबरी गोल गरेका हुन् ।

बराबरीपछि शीर्षस्थानमा रहेको पीजसजीको १९ खेलबाट ४६ अंक भएको छ । १९औं स्थनमा रहेको लोरिएन्तको १६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV