७ पुष २०७८, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुुमार नेपाल रौतहतको स्वास्थ्य चौकी उद्घाटन गर्न हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका छन् । उनलाई त्यहाँसम्म ल्याउने जिम्मा वडाध्यक्षले लिएका छन् । वडाध्यक्षले साथीभाइसँग ५/५ हजारका दरले पैसा उठाएर हेलिकोप्टरको चार्टर्ड खर्च तिरेका हुन् ।

अध्यक्ष नेपालले भने कार्यकर्ताको आग्रहबमोजिम बुधबार आफू गाउँको शान बढाउन काठमाडौंदेखि हेलिकोप्टरमा रौतहट आएको बताएका छन् ।रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ५ नरकटियामा रहेको नवनिर्मित स्वास्थ्य चौँकीको भवन उद्घाटन् गर्न दलबलसहित हेलिकोप्टरमा आएका उनले आफूले गाडीमै आउछुँ भनेपनि कार्याकर्ता हेलिकप्टरमा आउन आग्रह गरेकाले आफू हेलिकोप्टरमा आएको बताए ।

उनले आफू नगरपालिकाको भण्डै दुई लाख खर्च गराएर हेलिकोप्टरमा आउन नचाहे पनि स्थानीय कार्यकर्ताले हेलिकप्टरमा आउनुहोस् यसले गाउँको शान बढ्छ भनेर जिद्धी गरेकाले हेलिकप्टरमा आएको जिकिर गरे । उनले कार्यकर्ताहरुले हेलिकोप्टरको खर्च नगरपालिकाले नभएर शुभचिन्तकहरुले आफ्नो खल्तीबाट बेर्होने भनेकाले मात्र हेलिकोप्टर चढेर आएको स्पष्ट पारे ।

‘नगरपालिकाको डेढ, दुइ लाख खर्च गरेर हेलिकोप्टरमा आउनुभन्दा म गाडीमै चढेर आउने पक्षमा थिए,’ उनले प्रफुल्ल मुद्रामा भने , ‘तर कार्यकर्ताले नगरपालिकाको होइन हामीले दाताको सहयोगमा आफ्नो मनले आफ्नो खल्तीबाट हेलिकोप्टरको खर्च बेहोर्ने भनेकाले हेलिकप्टरमा आए । हेलिकोप्टरमा गएर गाउँको शान बढिरहेको छ, मान बढिरहेको छ मैले भने ठिकै छ । जनताको चाहना जे छ मेरो पनि त्यहीँ छ ।’

उनले जनताको खुसीनै आफ्नो खुसी भएकाले गाउँको विकासको लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सो वडाका वडाध्यक्ष सुवोध चौधरीले आफूले साथीभाइहरुसँग मिलेर ५–५ हजार उठाएर अध्यक्ष नेपाललाई हेलिकोप्टरमार्फत नरकटिया बोलाएको बताए ।

नेता हेलिकोप्टरमा आउँदा गाउँकै शान बढ्ने भएकाले सबै मिलेर खर्च बेहोर्दै नेताहरुलाई हेलिकोप्टर मार्फत बोलाएको उनको भनाइ छ । नेपाल सरकारको ४० लाखको वजेटबाट निमार्ण भएको सो स्वास्थ्य चौकीको निमार्णपश्चात करिब २५ सय स्थानीयले प्रत्यक्ष लाभ लिन सक्ने उनले बताए ।

अध्यक्ष नेपालसँगै सो उद्घाटन कार्यक्रममा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का , पूर्व स्वास्थ्य राज्यमन्त्री वंशिघर मिश्र हेलिकोप्टर चढेर काठमाडौँदेखि रौतहट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV