७ पुष २०७८, बुधबार

एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।

मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV