६ पुष २०७८, मंगलवार

कोलकाता । छिमेकी राष्ट्र भारतको पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लामा ठूलो विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब ३ बजेको समयमा जिल्लाको हल्दियास्थित इन्डियन आयल कर्पोरेशनको रिफाइनरीमा विष्फोट हुँदा ३ जना कामदारको मृत्यु भएको हो ।

जानकारी अनुसार उक्त दुर्घटनामा अन्य ४४ जना घाइते भएका छन् । विस्फोटपछि भीषण लागलागी भएको थियो । अहिले उक्त आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

३ मजदुरको मृत्यु

जानकारीका अनुसार विष्फोट भएपछि रिफाइनरीमा भीषण आगलागी भएको थियो । उक्त दुर्घटनामा ४४ जना कर्मचारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जलेर गम्भीर घाइते तीन जनाको भने मृत्यु भइसकेको छ । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै त्यहाँका मुख्यमन्त्री ममता बनर्जीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

गम्भीर घाइते ३७ जनालाई थप उपचारका लागि कोलकातास्थित डेसन अस्पताल लगिएको छ । जसमध्ये पनि २० जनाको अवस्था अझ गम्भीर रहेको बताइएको छ । घाइतेलाई छिटोभन्दा छिटो अस्पताल र्पुयाउनका लागि ग्रीन कोरिडोर बनाइएको थियो ।

विष्फोट स्थललाई पूर्ण रुपमा खाली गराइएको छ । तर अहिलेसम्म उक्त विस्फोटको कारण भने खुल्न सकेको छैन । जानकारीका अनुसार रिफाइनरीमा मक ड्रिल आयोजना गरिएको थियो र त्यसपछि प्लान्टमा बन्दको काम भइरहेको थियो ।

ड्रिलकै क्रममा ठूलो आवाजमा विष्फोट हुनुका साथै भीषण आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV