६ पुष २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूला–ठूला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गरे ।

नेकपा (एमाले) कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगञ्जमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको भन्दै एमाले नेतृत्वको सरकारले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गरेका हुन् ।

उनले सरकार भनेको नाक कानमा लगाउने गहना नभएको भन्दै जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने बिषयमा सरकार देखिनुपर्ने धारणा राखे ।

ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मतसहित एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफू ढुक्क रहेको पनि बताए । कार्यक्रममा अध्यक्ष ओलीले जसपा नेता मंगल प्रसाद गुप्तालाई एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV