६ पुष २०७८, मंगलवार

काठमाडौं । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताल–NAMS लाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत सघन उपचारको लागि रु. २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ ।

श्रीमती इश्वरी राना, अध्यक्ष तथा प्रबन्ध निर्देशक–डाबर नेपाल र श्री एच.एस. बेदी, व्यापार प्रमुख–नेपाल तथा म्यानमारले वीर अस्पताल, काठमाडौंको परिसरमा सोमबार एक कार्यक्रमका बीच उक्त हस्तान्तरण गरेका हुन् ।

डा.अनुपमा कार्की र प्रा.डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल–NAMS का निर्देशक प्रा.डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, “वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV