५ पुष २०७८, सोमबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गर्न लागिएको बताउनुभयो ।

सोमबार गण्डकी प्रदेशको दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी धन्दाको अन्त्य गरिने बताउनुभयो । बिचौलियालाई कानुनी कठघरामा उभ्याइने उहाँको भनाइ थियो । वैदेशिक रोजगारका नाममा ठगी गर्ने कतिपय म्यानपावर कम्पनीलाई कारबाही गर्न थालिएको मन्त्री श्रेष्ठले बताउनुभयो । श्रम स्वीकृति लिने व्यवस्था सातवटै प्रदेशबाट गरिएको र सातवटै प्रदेशमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको उहाँले बताउनुभयो ।

श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको मन्त्री श्रेष्ठले बताउनुभयो । आगामी दिनमा सबै देशमा सम्झौता गरेर मात्रै नेपालबाट कामदार पठाइने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV