५ पुष २०७८, सोमबार

काठमाडौं । रक्षामन्त्रीबाट डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् ।

रक्षामन्त्रीबाट डा. रिजालको राजीनामा स्वीकृत भएसँगै उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए । रिजालले चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV