५ पुष २०७८, सोमबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले न्यूक्यासल युनाइटेडलाई उसकै मैदानमा ४-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि रुवेन डियास, जोओ क्यान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

खेलको पाँचौ मिनेटमा नै रुवेन डियासको गोलबाट सिटीले अग्रता बनाएको थियो । २७औं मिनेटमा जोओ क्यान्सेलोले रियादले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

६३औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा रहिमले गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीको १८ खेलबाट ४४ अंक पुगेको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई ३ अंकले पछि पारेको छ । पराजित न्यूक्यासल १० अंक जोडेर १९औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV