५ पुष २०७८, सोमबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटेनहम हटस्पर बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र टोटेनहम २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन्

घरेलु टोली टोटेनहमका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गरे । लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे ।

खेलको १३औं मिनेटमा ह्यारी केनको गोलबाट घरेलु टोली टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । ३५औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

६९औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा २-१ को अग्रता दिलाए । ७४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीसँगै लिभरपुल दोस्रो स्थानमा यथावत रहेको छ । उसको १८ खेलबाट ४१ अंक पुगेको छ । टोटेनहम १५ खेलबाट २६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV